+
+
Shares

संसद विघटनको विषयमा सभामुख ‘सघन परामर्श’मा

आजै धारणा सार्वजनिक हुन सक्छ : सचिवालय

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ८ गते १०:३२

८ जेठ, काठमाडौं । संसद विघटनपछि सभामुख अग्नि सापकोटाले सघन परामर्श थालेको उनको सचिवालयले जनाएको छ । सभामुख सापकोटाले राजनीतिक दलका शीर्ष नेता र संविधानविदहरुसँग परामर्श थालेका हुन् ।

‘हिजोको घटनापछि सभामुखज्यू सघन परामर्शमा हुनुहुन्छ । सम्भवतः आजै उहाँले आफ्नो धारणा सार्वजनिक गर्नुहुन्छ,’ सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने ।

यसअघि गत पुस ५ गते पनि संसद विघटन गर्दा सभामुख सापकोटाले विरोध जनाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रको नेता हुँदै सभामुख बनेका सापकोटाबीच तिक्ततापूर्ण सम्बन्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?