Comments Add Comment

सर्वाधिक गोलकर्तामा मेसीको कीर्तिमान, जिते आठौं पटक ‘पिचिची ट्रफी’

९ जेठ काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका कप्तान लिओनल मेसीले आठौं पटक पिचिची ट्रफी जितेका छन् । २०२०/२१ को सिजन ला लिगामा सर्वाधिक गोल गर्दै उनले लगातार पाँचौ पटक यस अवार्ड जितेका हुन् ।

बार्सिलोनाले यस सिजनमा उपाधि जित्न नसके पनि मेसीले भने ३० गोल गरे । मेसीको कप्तानीमा बार्सिलोनाले भने तेस्रो स्थानमा रहेर लिग सकायो । उपाधि होडबाट बाहिरिसकेकोले मेसीले आइबरविरुद्ध अन्तिम खेल भने खेलेनन् । उक्त खेल बार्सिलोनाले १-० ले जित्यो ।

मेसीले सर्वाधिक गोलकर्ताको अवार्ड जित्ने क्रममा रियल मड्रिडका बरिम बेन्जामा र भियारियालका जेरार्ड मोरेनोलाई पछि पारे । दुवैले समान २३ गोल गरे ।

समग्रमा आठौं पटक यस ट्रफी जितेका मेसी लगातार पाँचौ पटक जित्ने पहिलो खेलाडी समेत बने ।

सन् २००९/१० मा पहिलो पटक यस अवार्ड जितेका मेसीले २०११/१२ र २०१२/१३ मा लगातार दुई पटक जितेका थिए । यस्तै, २०१६/१७ को सिजनदेखि हालसम्म लगातार उनले पाँच पटक यो अवार्ड जितिसकेका छन् । मेसी युरोकपको शीर्ष लिगहरूमध्ये धेरै सर्वाधिक गोलकर्ताको अवार्ड जित्ने खेलाडी समेत बनेका छन् ।

ला लिगामा टेल्मो जाराले मेसीपछि ६ पटक यो अवार्ड जितेका छन् ।

उता जर्मनीका बायर्न म्युनिखमा पूर्व खेलाडी गर्ड मुलरले ७ पटक सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन् । यस्तै, इटलीमा एसी मिलानका गुनार नोर्हालले सन् ५० को दशकमा ५ पटक सर्वाधिक गोलकर्ता अवार्ड जितेका थिए ।

फ्रेन्च लिगमा जिन पिएरे पापिनले ५ पटक सर्वाधिक गोलकर्ता अवार्ड जित्दा इङ्ग्ल्याण्डको प्रिमियर लिगमा फ्रेन्च खेलाडी थियरी हेनरीले ४ पटक सर्वाधिक गोलकर्ताको अवार्ड जितेक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment