+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

मिर्मिरे लघुवित्तले भित्र्यायो मोवाइल बैंकिङ सेवा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ९ गते १२:५३

९ जेठ, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले मोवाइल बैंकिङ सेवा सुचारु गरेको छ । संस्थाका अध्यक्ष टेक बहादुर बोहराले आफ्नो मोवाइलमा मिर्मिरे स्मार्ट एप डाउनलोड गरि रजिष्टर गरेर विधिवत रुपमा सेवा सुरु गरे ।

कोभिडले देशव्यापी रुपमा निषेधाज्ञा तथा शिल भइरहेको अवस्थामा आफु्ना ग्राहक सदस्यहरुलाई आर्थिक कारोवार गर्न सहज होस भन्ने उद्देश्यले सेवा सुचारु गरिएको संस्थाका अध्यक्ष बोहराले बताए ।

आजैबाट सदस्यहरुले मोवाइल बैंकिङ मार्फत सदस्यहरुले आफ्नो स्टेटमेन्ट हेर्ने, मोवाइलमा व्यालेन्स टपअप गर्ने, टेलिभिजन तथा इन्टरनेट, टेलिफोनको बील भुक्तानी गर्ने, इसेवा, खल्ती तथा फोन पे जस्ता डिजिटल वालेटहरुमा रकम ट्रान्सफर गर्ने, क्यु आर कोड बाट भुक्तानी गर्ने, ५० भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरुमा रकम राख्न तथा झिक्न र विजुलीको वील भुक्तानी गर्न, घरेलु हवाइ टिकट बुकिङ गर्ने लगायत दुई दर्जन भन्दा बढि सेवाहरु घरमा बसेर नै लिन सकिने संस्थाका सहायक कार्यकारी अधिकृत बिर्ख बहादुर बोहराले जानकारी दिए ।

संस्थाका सूचना तथा प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठका अनुसार इन्फो डेभलपर्ससँंगको सहकार्यमा तयार पारिएको मोवाइल बैंकिङ सेवा सरल तथा ग्रामिण क्षेत्रका न्युन साक्षर भएका सदस्यहरुले पनि सहजै चलाउन सकिने तरिकाले बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?