+
+
Shares

कटुवा पेस्तोलसहित लहानबाट तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ९ गते १६:५२

९ जेठ, जनकपुरधाम । सिरहाको लहान नगरपालिकाबाट प्रहरीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्बर १ मटियर्वा बस्ने २५ बर्षीय करण पुर्वे, २२ बर्षीय सञ्जयकुमार महतो र २४ बर्षीय धर्मेन्द्र महतो छन् । उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली एक राउण्ड बरामद भएको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

गत वैशाख २८ गते लहान १ कृष्णटोल बस्ने ईन्द्रदेव ठाकुरको घरबाट नगद र सुन–चाँदीका गरगहना चोरी भएको घटनामा संलग्न भएको शंकामा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले पूर्वेको घर खानतलासी गर्दा हतियार बरामद भएको प्रहरीले जनाएको छ ।

हतियारसहित पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?