Comments Add Comment

नाइजेरियामा विमान दुर्घटनामा परी सेना प्रमुखसहित ११ जनाको मृत्यु

९ जेठ, काठमाडौं । नाइजेरियामा भएको विमान दुर्घटनामा परी सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम अटाहिरुसहित ११ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार नाइजेरियाको उत्तरी क्षेत्रमा रहेको विमानस्थल नजिकै शुक्रबार उक्त विमान दुर्घटना भएको हो ।

मौसमको खराबीको कारण काडुना अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्डिङको क्रममा विमान दुर्घटना भएको नाइजेरियाको सेनाले जनाएको छ । हालसम्म उक्त दुर्घटनाका विषयमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन । ब्रिगेडियर जनरल मोहम्मद येरिमाले छिटै नै यसबारे विस्तृत विवरण सार्वजनिक गरिने बताएका छन् । उक्त दुर्घटनामा मृत्यु भएका अन्य सैन्य अधिकारीको नाम भने सार्वजनिक गरिएको छैन ।

सेनाका प्रमुख अटाहिरुलाई गत जनवरीमा राष्ट्रपति मोहम्मद बुहारीले नियुक्त गरेका थिए । पछिल्लो समय मुलुकमा बढ्दो हिंसा नियन्त्रणको लागि उनलाई जिम्मेवारी दिइएको थियो । विशेषगरी चरमपन्थी संगठन बोको हरामसँगको लडाइँ नाइजेरियाको लागि चुनौतीपूर्ण देखिएको छ ।

नाइजेरिया उत्तरपूर्वी क्षेत्रमा सन् २००९ यता बोको हरामसँग लडिरहेको छ । यो लडाइँमा अहिलेसम्म करिब ४० हजार जनाको मृत्यु भइसकेको छ भने करिब २० लाख मानिसहरु विस्थापित भइसकेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment