
९ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उपचाररत थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर थप १० जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।
डा. खड्काका अनुसार मृतकमध्ये सुर्खेतका चार जना, सल्यानका तीन जना, दैलेख, डोल्पा र जुम्लाका एक/एकजना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशभर आइतबार २४९ जनाको पीसीआर परिक्षण गर्दा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ७११ जनाको एन्टिजेन १६० जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ५१० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4