Comments Add Comment

सुदूरपश्चिममा थप १० संक्रमितको मृत्यु, ३८४ जनामा संक्रमण

९ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कैलालीसहित प्रदेशका ४ जिल्लाका १० जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कैलालीका ६ जना, बाजुराका २ जना, कञ्चनपुर र बैतडीका १/१ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३८ पुगेको छ । यस्तै आइतबार ३८४ संक्रमित थपिएका छन् ।

एन्टिजेन र पीसीआर विधिबाट एक हजार ६१३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आइतबार थपिएका समेत गरेर प्रदेशभर संक्रमितको संख्या ३५ हजार ५३६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment