+
+
Shares

सामाजिक विषयवस्तुमा नयाँ टेलिसिरियल लेख्दै कुमार कट्टेल

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १० गते ९:४९

हास्यकलाकार कुमार कट्टेल नयाँ टेलिसिरियलको कथा लेखनमा लागेका छन् । ‘सक्किगोनी’ भन्दा फरक विषयवस्तुमा पनि टेलिसिरियल बनाउने सोच अनुसार आफू कथा लेखनमा लागिरहेको कुमारले अनलाइनखबरलाई बताए ।

‘कमेडीभन्दा फरक विधामा सामाजिक विषयवस्तुमा पनि टेलिसिरियल बनाउने सोच हो’ कुमारले भने–‘अहिले त्यसको कथामा दृश्य अनुसार लेखनको काम गरिरहेको छु ।’
अवस्था सामान्य भएपछि उक्त टेलिसिरियल निर्माण सुरु गर्ने कुमारले बताए । नयाँ टेलिसिरियलमा ‘सक्किगोनी’कै टिम हुने कि नयाँ हुने भन्नेबारे सरसल्लाह भने भैनसकेको उनले बताए ।

‘अहिले म आफूमात्र लागेर कथा लेखिरहेको छु । टिमसँग सरसल्लाह हुन बाँकी नै छ’ कुमारले भने–‘सक्किगोनीबाट केही कलाकार, बाहिरबाट केही कलाकार हुनुहुन्छ होला । अन्य कुरा कथाको काम सकिसकेपछि तय हुन्छ ।’

‘सक्किगोनी’ टिमले चलचित्र निर्माणको तयारी गरेको पनि लामै भयो । चलचित्रको नामसमेत तय भएको थियो । यद्यपि चलचित्र निर्माणको काम अहिलेसम्म अगाडि बढ्न सकेको छैन । कुमार अब चलचित्रको कामलाई पनि अगाडि बढाउने बताउँछन् । अहिले आफू नयाँ टेलिसिरियलसँगै चलचित्रको कथामा पनि घोत्लिएको उनले बताए ।

‘सामान्य अवस्थामा ‘सक्किगोनी’मै बढी समय जाने भएकाले अहिले प्रशस्त समय भएको अवस्थामा चलचित्रको कथामा पनि सोचिरहेको छु । दुई–तीनवटा कथामध्ये कुनलाई फाइनल गर्ने भन्ने विषयमा पनि सोचिरहेको छु’ उनले भने । चलचित्र भने सामाजिक विषयवस्तुलाई उठान गर्दै कमेडीमा निर्माण हुने उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?