+
+
Shares

साहित्यकार डा. वानीरा गिरिको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १० गते १२:४०

१० जेठ, काठमाडौं । साहित्यकार डा. वानीरा गिरिको ७५ वर्षको उमेरमा आइतबार राति निधन भएको छ ।

हृदयघातका कारण काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा आइतकबार राति १० बजे गिरिको निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । गिरि तीन वर्षदेखि अल्जाइमर्सबाट पीडित थिइन् ।

उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला हुन् । डा. गिरिका ‘एउटा एउटा ज्यूँदो जंगबहादुर’ र ‘जीवनथाय् मरु’ कवितासंग्रह तथा तीन उपन्यास ‘निर्बन्ध’, ‘कारागार’, र ‘शब्दातीत शान्तन’ प्रकाशित छ । ‘शब्दातीत शान्तन’ले २०५६ सालमा साझा पुरस्कार पाएको थियो ।

स्वर्गीय डा. गिरिका श्रीमान्, एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?