Comments Add Comment

बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते

१० जेठ, वीरगञ्ज । बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना गम्भीर र ७ जना मध्यम घाइते छन् । उनीहरु लाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ ।

८ जना सामान्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ । सोमबार बिहान ०९:५० बजे जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित कलैया पिलुवा सडक खण्डको डकाहा भन्ने स्थानमा बस दुर्घटनामा परेको थियो ।

रौतहटबाट बिहेको जन्ति लिएर जितपुरसिमरा उपमहानगरपालिका-२० बसडिल्वातर्फ जान लागेको ना.४ ख.४७४९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । बस आफैं अनियन्त्रित भइ सडकको बायाँ साइडको खेतमा पल्टिएको थियो । बसमा ४० जना सवार थिए ।

बस चालक रौतहट चन्द्रपुर नगरपालिका-८ बस्ने ३० वर्षीय अकलेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment