+
+
Shares

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १० गते १५:२६

१० जेठ, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीका ४ र कञ्चनपुरका २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

कैलालीको गोदावरी नगरपालिका–५ की ६० वर्षीया महिला, कैलारी गाउँपालिका– ६की ५० वर्षीया महिला, वडा नम्बर ७ का ३५ वर्षीय पुरुष र वडा नम्बर ८ की ६० वर्षीया महिलाको मृत्यु भएको श्रेष्ठले बताए ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका– का ४४ वर्षीय पुरुष र बेलौरी नगरपालिका–१ का ४४ वर्षकै पुरुषको मृत्यु भएको उनले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २ सय ७३ जना संक्रमित थपिएका छन् । ७ सय ५२ जनाको परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?