Comments Add Comment

हिमालय सीमापार वाणिज्य संघले दियो प्रसूति गृहलाई स्वास्थ्य सामग्री

१० जेठ, काठमाडाैं । नेपाल हिमालय सीमापार वाणिज्य संघले थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । संघका अध्यक्ष अशोक कुमार श्रेष्ठसहितका पदाधिकारीहरुले प्रसूति गृह पुगेर अस्पताल प्रशासनलाई सहयोग स्वरुप विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

संघले अस्पताललाई स्यानिटाइजर, मास्क, पहिलो चरणमा एक ट्रक पानी सहयोग उपलब्ध गराएको र आगामी दिनमा यी दुई अस्पतालसँगै अन्य सरकारी अस्पतालहरुमा पनि यसरी नै आवश्यक सहयोग जारी राख्ने अध्यक्ष श्रेष्ठले बताए ।

‘विशेषगरी निम्न वर्गका नागरिकहरु उपचारका लागि आउने वीर अस्पतालमा खानेपानीको समस्या भएको थाहा पाएपछि सानै भए पनि सहयोगको हात बढाएका हौं, आगामी दिनमा यस्तो समस्या रहेका अन्य सरकारी अस्पतालमा पनि यसरी नै सहयोग उपलब्ध गराउने छौ’ अध्यक्ष श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment