+
+

शान्ति समाजको ‘अक्सिजन सिलिण्डर जुटाऔँ जीवन बचाऔँ अभियान’

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ११ गते ११:०३

११ जेठ, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले ‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान सुरु गरेको छ । कोभिड संकटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा समाजद्वारा अक्सिजन भरिएका १० थान ठुला सिलिन्डर संकलन गरी लुम्बिनी प्रदेशका स्वास्थ मन्त्री भोजप्रसाद श्रेष्ठलाई प्रदान गर्दै यो अभियान सुरु गरेको हो ।

समाजका सभापति गोविन्द खनाल लगायत पदाधिकारीहरुद्वारा गत जेठ ६ गते हस्तान्तरण गरिएको थियो । उक्त सिलिन्डरहरु मन्त्रालय मार्फत अत्यावश्यक बिरामीका लागि कोभिड अस्पतालमा वितरण गरिने समाजले जनाएको छ ।

यस्तै, जेठ १ गते समाजले जोरपाटी चोकमा मास्क, स्यानीटाइजर वितरण गरेको थियो भने शान्ति समाज सिरहा शाखाले पनि सुरक्षाकर्मीहरुलाई मास्क उपलब्ध गराएको समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले जानकारी दिइन् ।

मान्छेका अलावा समाजले यसअघि पशुपति क्षेत्रमा रहेका बाँदरहरु, उपत्यकाका असहाय गाईबाछा आदिको संरक्षणको लागि समेत सहयोग गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?