+
+
Shares

कलाकार हरिहर अधिकारीलाई पितृशोक

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ११ गते १२:३२

नायक तथा ज्योतिष हरिहर अधिकारीलाई पितृशोक परेको छ । उनका पिता रामबहादुर अधिकारीको कोरोनाका कारण उपचारका क्रममा निधन भएको हो ।

विगत २० दिनदेखि कोरोनासँग लडिरहेका रामबहादुरको सोमबार निधन भएको हो । उनको २ हप्तादेखि कलंकीको नेशनल अस्पतालमा उपचार भैरहेको थियो ।

किर्तिपुरमा बसोबास गर्दै आएका हरिहरको पुरा परिवार नै कोरोना संक्रमित भएको थियो । नायक तथा ज्योतिष हरिहरका पिता रामबहादुर पनि ज्योतिष विधामा नै सक्रिय थिए । उनकै प्रेरणामा हरिहर पनि ज्योतिष विज्ञानमा अगाडि बढेका हुन् ।

हरिहरले चलचित्र ‘शुभलभ’बाट चलचित्र क्षेत्रमा आफ्नो करिअर अगाडि बढाएका थिए । उनी, पछिल्लो समय टेलिभिजन कार्यक्रममा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?