+
+

तरुण दलले जिल्ला समितिलाई भन्यो : सहकार्य गरेर संघर्ष गर्नू

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ११ गते १२:२४

११ जेठ, काठमाडौं । नेपाल तरुण दलले स्वास्थ्य मापदण्ड पालना गर्दै संसद विघटनविरुद्ध संयुक्त संघर्ष गर्न आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ ।

तरुण दलसँग सहकार्य गरेका वाइसीएल, समाजवादी युवा संघ, युवा संघ, अखिल नेपाल युवक संघ, विवेकशील साझा युवा संगठनसँग समन्वय र छलफल गरेर संघर्ष गर्न तरुण दलले निर्देशन दिएको हो ।

तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले जिल्ला कमिटीलाई परिपत्र गर्दै विपक्षी गठबन्धनका युवा संगठनहरुसँग मिलेर संघर्ष गर्न भनेका हुन् ।

यसअघि उनीहरुले संयुक्त विज्ञप्ति निकालेर संसद विघटनको विरोध गरेका थिए । उनीहरुले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?