+
+
Shares

नारायणी वयोधा अस्पतालमा पहिलो पटक भ्याट्स विधिबाट छातीको शल्यक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ११ गते १५:१७

११ जेठ, वीरगञ्ज । वीरगञ्जको नारायणी वयोधा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट छातीको सफल शल्यक्रिया गरिएको छ । भारतको आसाम निवासी ३० वर्षीय पप्पु बोहराको दूरबिन प्रविधिबाट छातीको शल्यक्रिया गरी फोक्सोमा फसेको फलामको टुक्रा निकालिएको छ ।

वीरगञ्जकै एउटा कारखानामा कार्यरत बोहरा काम गर्ने क्रममा दुर्घटनामा परेका थिए । दुर्घटनामा फलामको एउटा टुक्रा बेगले उछिट्टिएर उनको दाहिने छाती छेडेर भित्र पसेको थियो । वीरगञ्जकै अर्को निजी अस्पतालमा पुगेका उनलाई वीरगञ्जमा यसको उपचार सम्भव नभएको भन्दै काठमाडौं जान सुझाव दिइएको थियो ।

त्यसपछि वयोधा अस्पताल आएका उनको छातीको सीटी स्क्यान गरेर हेर्दा दाहिने फोक्सोभित्र फलामको टुक्रा देखियो । डा. सौरभ शर्माको टोलीले दूरबिन प्रविधिबाट छातीको अपरेसन गरी फलामको टुक्रा निकालेको अस्पतालले जनाएको छ ।

भिडियो सहयोगी थोरास्कोपिक शल्यक्रिया भ्याटस् कम आक्रामक शल्यक्रियाको विधि हो । छातीमा समस्याहरूको निदान गर्न र उपचार गर्न यो विधिको प्रयोग गरिने चिकित्सिकहरु बताउँछन् । उनीहरुका अनुसार छातीको भित्तामा एक वा बढी स–साना प्वालहरु पारेर सानो क्यामेरा (थोरास्कोप) र शल्य चिकित्सा उपकरणहरू पठाइन्छ । थोरास्कोपले छातीको भित्ताका तस्वीरहरू भिडियो मोनिटरमा प्रसारित गर्दछ । जसले सर्जनलाई शरीरभित्र काम गर्ने प्रक्रियामा सघाउँछ ।

दूरबिन विधिबाट शल्यक्रिया गर्दा धेरै चिर्नु नपर्ने चिकित्सकहरुले बताए । सानो प्वाल पारेर शल्यक्रिया गरिने भएकाले बिरामीलाई धेरै दुखाइ नहुने र धेरैदिन अस्पताल बस्नु पनि नपर्ने अस्पतालका प्रमुख डा. रजनीश भारतीले जानकारी दिए ।

‘पुरानै विधिबाट अपरेसन गराएको भए छातीमा ठूलो घाउ बनाउनु पथ्र्यो, घाउ ठूलो हुने हुँदा दुखाइ र जोखिम दुवै बढी हुन्थ्यो, शल्यक्रियापछि धेरै दिन बिरामीलाई अस्पतालमै बस्नु पर्ने हुन सक्थ्यो,’ उनले भने, ‘तर दूरबिन प्रविधिबाट शल्यक्रिया गर्दा यी सबै कुरामा सहज हुन्छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?