+
+

आदर्श मिश्राका पिता विनोद मिश्राको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ११ गते १५:३०

कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ । उनको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । उनलाई आदर्शले सोमबार राती नारायणी अस्पतालबाट उपचारका लागि भरतपुर अस्पताल लगेका थिए ।

नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्र गराइएको भन्दै आदर्शकले पितालाई राम्रो अस्पतालमा उपचार गराउने भन्दै भरतपुर अस्पताल लगेका थिए ।

चार बर्षदेखि मिर्गौलाका बिरामी रहेका आदर्शका पिता विनोदको डायलिसस हुँदै आएको थियो । बाराको जितपुरबाट आदर्शकले पितालाई हप्ताको दुई पटक मिर्गौलाको डायलसिस गराउन नारायणी अस्पताल लिएर जाने गरेका थिए ।

उनले, हालै मात्र सार्वजनिक गरेको एक भिडियोमा डायलसिस गराउनुपर्ने मृगौलाका बिरामीको अवस्था निकै नै नाजुक रहेको बताएका थिए । उनले भिडियोमा नारायणी अस्पतालमा डायलसिस गराउँदै आएका बिरामीको २ वटै मेसिन विग्रिएकाले डायलसिस नहुने जानकारी आफूले प्राप्त गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?