+
+
Shares

विराटनगरको सिंघिया खोलामा महिलाको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ११ गते १७:४६

११ जेठ, विराटनगर  । विराटनगरको सिंघिया खोलामा एक महिलाको शव फेला परेको छ ।

पुष्पलालचोक–विराटचोक सडकखण्डमा पर्ने निर्माणाधीन पुलको जग बनाउनका लागि खनिएको  खाल्डोमा डुबेको अवस्थामा विराटनगर महानगरपालिका–३ की ४३ वर्षीय सुमित्रा खतिवडाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले पानीमा डुबेको अवस्थामा शव भेटिएपछि अनुसन्धान सुरू गरेको जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि कोशी अस्पतालमा पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?