Comments Add Comment

गण्डकी प्रदेशमा थप १९ जना संक्रमितको मृत्‍यु

११ जेठ, काठमाडौं । गण्डकी प्रदेशका विभिन्‍न अस्पतालमा उपचाररत थप १९ जनाको मृत्‍यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार मृतकमध्‍ये ८ जना कास्कीका, २/२ जना तनहुँ, स्याङजाका, १/१ जना रूपन्देही, लमजुङ, मुस्ताङ, गोरखा, नवलपरासी, बागलुङ र पर्वतका छन् ।

पोखरा महानगरपालिका-१३ कास्कीका ७३ वर्षीय पुरुषको मंगलबार मेडि अस्पताल, पोखरा नगरपालिका-११ का ५७ वर्षीय पुरुषको सोमबार मणिपाल शिक्षण अस्पताल, पोखरा महानगरपालिका-५ का ६८ वर्षीय पुरूषको मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा महानगरपालिका-८ का ७५ वर्षीय पुरुषको सोमबार होम आइसोलेशनमा मृत्‍यु भएको छ ।

पोखरा महानगरपालिका-११ का ८१ वर्षीय पुरुषको मंगलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मादी गाउँपालिका-१ की ९९ वर्षीया महिलाको मंगलबार पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरा महानगरपालिका-९ का ६५ वर्षीय पुरुषको मेट्रोसिटी अस्पताल र पोखरा महानगरपालिका-५ की ४४ वर्षीया महिलाको आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्‍यु भएको छ ।

यस्तै पुतली बजार नगरपालिका-७ स्याङजाकी ३७ वर्षीया महिलाको सोमबार चरक मेमोरियल अस्पताल र पुतलीबजार नगरपालिका-८ का ७१ वर्षीय पुरुषको सोमबार जिल्ला अस्पताल स्‍याङजामा उपचारको क्रममा मृत्‍यु भएको छ ।

यस्तै शुक्ला गण्डकी नगरपालिका-२ तनहुँ की ८८ वर्षीया महिलाको मंगलबार गण्डकी मेडिकल कलेज र भिमाद नगरपालिका-२तनहुँकी ८० वर्षीया महिलाको मंगलबार संक्रामक तथा सरूवा रोग अस्पतालमा उपचारको क्रममा मृत्‍यु भएको छ ।

यस्तै कावासोती नगरपालिका-२ की ५७ वर्षीया महिलाको आइतबार कलेज अफ मेडिकल साइन्स, घरपजोङ गाउँपालिका-४ मुस्ताङका ४६ वर्षीया पुरुषको चरक मेमोरियल, जलजला गाउँपालिका-५ पर्वतका ६० वर्षीय पुरुषको सोमबार धौलागिरी अस्पताल, भिमसेन थापा गाउँपालिका-२ गोरखाका ४६ वर्षीय पुरुषको होम आइसोलेशनमा मृत्‍यु भएको छ ।

यस्तै बागलुङ नगरपालिका-२ बागलुङकी ७९ वर्षीया महिलाको मंगलबार धौलागिरी अस्पताल र बेशीशहर नगरपालिका-८ का ५५ वर्षीय पुरूषको आइतबार चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्‍यु भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ५७० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment