+
+
Shares

संसद विघटनको मुद्दाबारे विपक्षी गठबन्धनमा छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ११ गते १९:२०

११ जेठ, काठमाडौं । विपक्षी गठबन्धनले प्रतिनिधिसिभा विघटनको मुद्दाबारे रणनीति बनाउन छलफल सुरु गरेको छ । विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

सो रिटमाथि हुने बहसमा कसरी प्रस्तुत हुने भन्ने बारेमा रणनीति बनाउन विपक्षी गठबन्धनले कानुन व्यवसायीसँग छलफल सुरु गरेको हो ।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा संसद विघटनविरुद्ध र सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नका लागि गरिएको प्रस्तावका सम्बन्धमा कानुनी लडाई कसरी अघि बढाउने भन्ने बारेमा परामर्श गर्ने काम भएको नेता रमेश लेखकले जानकारी दिए ।

नेता लेखकले संसदीय प्रणाली अनुसारका प्रस्तावहरु अस्वीकृत हुदै जाँदा संविधान र व्यवस्था नै नरहने खतरा बढेकाले त्यसको रक्षाका लागि न्यायिक लडाई अघि बढाउनुपरेको बताए । ‘…आजको छलफल भनेको यही न्यायिक लडाईमा कसरी अघि बढ्ने भन्ने नै हो’ उनले भने ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत नेता सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?