Comments Add Comment

कोभिड-१९ निर्देशक समितिको पहिलो बैठक : प्राथमिकतामा खोप

११ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपको आयात पहिलो प्राथमिकता भएको बताएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशअनुसार बनेको कोभिड–१९ निर्देशक समितिको पहिलो बैठकमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली कुनै अलमल नगरी खोप ल्याउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल भन्छन्, ‘प्रधानमन्त्रीज्यूले खोप पहिलो प्राथमिकता हो भन्नुभएको छ ।’

यसका साथै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सहयोग स्वरुप आएका स्वास्थ्य सामग्रीहरुलाई समानुपातिक र यथोचित रुपमा वितरण गर्न निर्देशन दिएका छन् ।

सचिव बरालका अनुसार प्रधानमन्त्री ओलीले बालानन्द शर्मा नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन समितिलाई एक्सनमा उत्रिन निर्देशन दिएका छन् । अध्यादेशले कानूनी प्रबन्धहरु गरेको भन्दै उनले कुनै अप्ठ्यारो भए सरकारले नीतिगत गाँठो फुकाउने बताए । सचिव बरालले भने, ‘अब ढिला गर्न कुनै छुट छैन । एक्सनमा जाने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment