+
+
Shares

सुदूरपश्चिममा एमालेको बैठक दुई पटक स्थगित, अर्को बैठक बुधबार विहान

जनक विष्ट जनक विष्ट
२०७८ जेठ ११ गते १९:३०
एमाले स्ंसदीय दलका नेता प्रकाशबहादुर शाह ।

११ जेठ, धनगढी । मंगलबार दुई पटकसम्म बैठक बस्न नसकेपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक तेस्रो पटक पुनः बोलाइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले बुधबार बिहान सवा ८ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

एमाले संसदीय दलको कार्यालयबाट प्रदेशसभा सदस्यहरुलाई एसएमएस मार्फत बैठकमा बोलाइएको एक जना प्रदेशसभा सदस्यले जानकारी दिए ।

पार्टीको स्थायी कमिटी बैठकको निर्णय र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्नुपर्ने भएकाले संसदीय दलको नेताको निर्देशनअनुसार बैठक बोलाइएको प्रदेशसभा सदस्यहरुलाई प्रमुख सचेतक तारा लामा तामाङले पठाएको एसएमएसमा भनिएको छ ।

प्रमुख सचेतक तामाङले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए । यसअघि मंगलबार बिहान संसदीय दलका नेता प्रकाशबहादुर शाहले संसदीय दलको बैठक बोलाएका थिए ।

बैठकमा माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरुलाई मात्र बोलाइएको थियो तर कोरम नै नपुगेपछि बैठक स्थगित गरिएको थियो । दोस्रो पटक दिउँसो साढे १२ बजे बोलाइएको बैठकमा समेत कोरम पुग्न सकेन ।

माधव नेपाल समूहभित्रै बैठकमा सबै प्रदेशसभा सदस्यहरुलाई सहभागी गराउनुपर्ने आवाज उठेको थियो । सोही कारण संसदीय दलका नेताले बुधबारको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय प्रदेशसभा सदस्यहरुलाई पनि बोलाएका छन् ।

एमालेको स्थायी कमिटी बैठकले सोमबार सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?