+
+
Shares

अमेरिकामा रामकृष्णले जुटाए १८ लाख

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ११ गते १९:४३

गायक रामकृष्ण ढकालले कोरोना संक्रमित नेपालीका लागि १८ लाख रुपैयाँ सहयोग जुटाएका छन् । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका रामकृष्ण उतै रोकिएका छन् । उनले त्यहाँ रहेका नेपाली तथा नेपाली भाषी भुटानीहरुसँग अपिल गरेर उक्त रुपैयाँ सहयोग जुटाएका हुन् ।

नेपालमा कोरोना महामारीको कहर मच्चिदा अक्सिजन सिलिण्डरको अभावमा नागरिकाको ज्यान गईरहेको छ ।

नेपालमा विषम परिस्थिति हुँदा आफू अमेरिकामै रोकिएपनि त्यही रहेरै भएपनि केही सहयोग पुर्याउन सकिन्छ कि भनेर केही दिनदेखि अमेरिकामा रहेका स्रोता एवं दर्शकमाझ सहयोगको आब्हान गरेका थिए ।

‘मेरो विनम्र अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले खुला ह्दयले सहयोग गर्नुभएको छ’ उनले सामाजिक सञ्जालमा भनेका छन् । सो क्रममा पहिलो चरणमा जम्मा भएको करिब १८ लाख रुपैयाँ महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खातामा जम्मा गरिएको रामकृष्णले जानकारी दिएका छन् ।

अझै पनि केही मनकारी व्यक्तिहरुले सहयोग रकम प्रदान गर्ने बचन दिएको बताउँदै त्यो रकम प्राप्त भएमा नेपालको सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याइरहेका अन्य व्यक्तित्वहरूबाट स्थापित संस्थाहरूमार्फत् सहयोगका लागि पठाइने ढकालले बताएका छन् ।

उनले सहयोग गर्ने व्यक्तिहरुको नाम र सहयोग रकम समेत सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । जो जहाँ रहेपनि दुःखको घडीमा नेपाली भनेको पीडामा मल्हम लगाउने उच्च मानवीय मूल्य भएको जाति हो भन्ने परिचय दिन पनि रामकृष्णले सबैमा अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?