+
+
Shares

धनगढीमा प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध मसाल जुलुस

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ११ गते २०:२५

११ जेठ, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा प्रदर्शन गरिएको छ ।

नेपाली कांग्रेसको भातृ संगठन तरुण दल कैलालीले धनगढीमा राँके जुलुससहित प्रधानमन्त्री र राष्ट्रपतिको सेटिङमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रदर्शन गरेको जनाएको छ ।

तरुण दलका जिल्ला अध्यक्ष दीपेन्द्र बमले संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरुद्ध राँके जुलुससहित प्रर्दशन गरिएको बताए ।

तरुण दलले संविधानको धारा ७६ को ५ बमोजिम काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?