Comments Add Comment

नीता लेख्छिन्–‘यो देशमा किन जन्मिएँ होला जस्तो लागिरहेको छ’

नायिका नीता ढुंगानाले आफूलाई यो देशमा किन जन्मिएँ होला भन्ने लाग्न थालेको उल्लेख गरेकी छिन् । उनले कलाकार हरिहर अधिकारीका पिताको निधनपछि मनको भावना व्यक्त गरेकी हुन् ।

करिब एक बर्षदेखि हरिहरको प्रेममा रहेकी नीताले लेखेकी छिन्–‘मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । कोरोनाविरुद्ध संसार लडिरहँदा मेरो देशले मलाई झन् लात हान्छ भन्ने कुराको आज आभाष भयो ।’

नीताले यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्नेहरु यहाँ कुर्सीका लागि लडिरहेको भन्दै आक्रोश पोखेकी छिन् । उनले, समयमा अस्पतालमा उपचार नपाएर आफूले नजिकको अग्रज गुमाएको समेत उल्लेख गरेकी छिन् । नीताले हरिहरका पिताले समयमै उपचार पाएको भए यो दुःखद क्षण नआउनेतर्फ संकेत गरेकी छिन् ।

उनले, समयमा नै आइसियूको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायूमा ज्यान गुमाउनु पर्दैन थियो होला भन्दै आफूलाई यो देशले रक्षा गर्न नसक्ने बताएकी छिन् ।

हरिहरका पिताको कोरोना संक्रमणका कुरा उपचारका क्रममा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment