+
+
Shares

महामारीमा पनि बैंकहरूले घटाए निष्क्रिय कर्जा, कुन बैंकको कति ?

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १३ गते १०:१५

१२ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले निष्क्रिय कर्जा घटाएका छन् । गत वर्ष भएको लकडाउनपछि बैंकहरूको निष्क्रिय कर्जा धेरै बढ्न सक्ने अनुमान गरिएको थियो । तर अनुमान विपरीत बैंकहरुले निष्क्रिय कर्जामा सुधार गरेका छन् ।

लामो समय भएको लकडाउनका कारण व्यापार व्यवसाय बन्द भए । लकडाउनमा बन्द भएका कतिपय उद्योगहरु अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । यस कारण पनि बैंकहरुको निष्क्रिय कर्जा बढ्ने अनुमान थियो ।

गत वर्ष २०७६ चैतसम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा १ दशमलव ६६ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको ९ महीना अर्थात् २०७७ चैतसम्म आइपुग्दा निष्क्रिय कर्जा घटेर १ दशमलव ३८ प्रतिशतमा झरेको छ । लकडाउनपछि बैंकहरुले राम्रै परफर्मेन्स देखाएको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल सामान्यतया दुई कारणले निष्क्रिय कर्जा घट्ने बताउँछन् । पहिलो– निष्क्रिय (एनपीएल) मा गएको कर्जा उठ्नु पर्‍यो । दोस्रो– नयाँ कर्जा बढ्नुपर्‍यो । गत वर्ष १८ देखि २० प्रतिशतसम्म कर्जा बढेको छ । यसको भूमिका पनि रहेको हुनसक्ने उनी बताउँछन् ।

‘उदाहरणका लागि आज कुनै बैंकको १०० रुपैयाँ कर्जा थियो त्यसको २० प्रतिशत निष्क्रिय थियो’ उनले भने, ‘अब त्यहाँ कर्जा बढेर २०० पुग्यो भने एनपीएल १० प्रतिशत देखिन्छ, यसकारण एनपीएलमा गइसकेको कर्जा उठेमा वा नयाँ कर्जा लगानी धेरै भएमा पनि निष्क्रिय कर्जा घट्छ ।’

नउठ्ने सम्भावना छ भने त्यस्तोलाई प्रोभिजन राख्नुपर्ने व्यवस्था छ । एक महीनासम्मलाई एक कर्जाको एक प्रतिशत प्रोभिजनमा राख्नुपर्छ । ३ महीनासम्म नउठेको ५ प्रतिशत कर्जालाई प्रोभिजन गरी सूक्ष्म निगरानी गर्नुपर्ने हुन्छ भने ६ महीनासम्म २५ र एक वर्षसम्म ५० प्रतिशत कर्जालाई यस्तो सूचीमा राख्नुपर्ने हुन्छ ।

तिर्नुपर्ने एक वर्षसम्म पनि कर्जा उठेन भने त्यस्तो शतप्रतिशत कर्जा नै निष्क्रिय कर्जाको रूपमा राख्नुपर्ने हुन्छ ।

कुन बैंकको कति छ निष्क्रिय कर्जा ?

चालु आर्थिक वर्षको नौ महीनामा सबैभन्दा कम निष्क्रिय कर्जा बनाउन एभरेष्ट बैंक सफल भएको छ । गत वर्षको ९ महीनामा ०.२० प्रतिशत रहेको निष्क्रिय कर्जालाई घटाएर नबिलले चालु आर्थिक वर्षको ९ महीनामा ०.१२ प्रतिशतमा झार्न सफल भएको छ ।

निष्क्रिय कर्जा कम हुने दोस्रोमा सानिमा बैंक देखिएको छ भने तेस्रोमा नेपाल नेपाल एसबीआई बैंक, चौथोमा एनआईसी एसिया बैंक र पाँचौंमा नविल बैंक देखिएको छ ।

सानिमा बैंकले निष्क्रिय कर्जा घटाएर ०.३६ बाट ०.२१ बनाएको छ भने  नेपाल एसबीआई बैंकको भने निष्क्रिय कर्जा ०.१९ बाट बढेर ०.२३ प्रतिशतमा पुगेको छ ।

उता एनआईसी एसियाको ०.७५ बाट ०.४७ र नबिल बैंककाे ०.६३ बाट ०.४८ प्रतिशतमा झरेको छ ।

हेर्नुस् कुन बैंकको निष्क्रिय कर्जाकाे अवस्था

बैंकको नाम तेस्रो त्रैमास चालु आर्थिक वर्ष तेस्रो त्रैमास गत आर्थिक वर्ष
एभरेष्ट बैंक ०.१२ ०.२०
सानिमा बैंक ०.२१ ०.३६
नेपाल एसबीआई बैंक ०.२३ ०.१९
एनआईसी एशिया बैंक ०.४७ ०.७५
नबिल बैंक ०.४८ ०.६३
स्टाण्डर्ड चार्टर्ड बैंक ०.५० ०.२२
माछापुच्छ्रे बैंक ०.५१ ०.४५
लक्ष्मी बैंक ०.७१ १.७८
हिमालयन बैंक ०.८१ १.११
प्राइम कमर्सियल बैंक ०.८६ ०.९७
सिद्धार्थ बैंक ०.८८ २.२४
बैंक अफ काठमाण्डू १.०१ १।५१
कुमारी बैंक १.०९ ०.९८
सिभिल बैंक १.१३ २.९६
मेगा बैंक १.३१ १.३२
प्रभु बैंक १.४८ २.९५
ग्लोबल आईएमई बैंक १.६१ १.१४
सिटिजन्स बैंक १ं८३ ०.९७
नेपाल बंगलादेश बैंक १.९१ २.७६
सनराइज बैंक १.९४ १.३२
एनएमबि बैंक १.९७ २.४८
एनसीसी बैंक २.०५ २.७५
नेपाल बैंक २.२९ २.६४
नेपाल इन्भेष्टमेन्ट बैंक २.३२ २.६७
सेञ्चुरी २.९६ २.१९
कृषि विकास बैंक ३.०८ ३.६५
राष्ट्रिय वाणिज्य बैंक ३.६२ ३.६५
औसत १.३८ प्रतिशत १.६६ प्रतिशत

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?