Comments Add Comment

परराष्ट्रमन्त्री ज्ञवालीले पठाए गृहजिल्ला गुल्मीमा स्वास्थ्य सामग्री

१३ जेठ, गुल्मी । परराष्ट्रमन्त्री एवम् गुल्मी क्षेत्र नम्बर १ का सासंद प्रदीपकुमार ज्ञवालीले गृहजिल्ला गुल्मीको लागि स्वास्थ्य सामग्री पठाएका छन् । गुल्मी अस्पतालसहित जिल्लाका अन्य प्राथमिक स्वास्थ्य चौकीहरुका लागि उनले अक्सिजनसहितका सिलिन्डर, मास्क, कन्सन्टेटर लगायतका स्वास्थ्य सामग्री पठाएका हुन् ।

स्वास्थ्य सामग्रीहरु परराष्ट्रमन्त्री ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई हस्तान्तरण गरे । जिल्लाभरका चार प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य कार्यालय र गुल्मी अस्पतालका लागि ६० वटा अक्सिजनसहितका सिलिन्डर, ९ वटा कन्सन्टेटर, ६ हजार सर्जिकल मास्क, ६० लिटर सेनिटाइजर, एन–९५ मास्क पाँच सयवटा, गाउन र पीपीई दुई/दुई सय थान, एन्टिजेन कीट एक हजार पाँच सय तथा पाँच वटा बेड हस्तान्तरण गरेको नेपालीले बताए ।

जिल्लाबाट माग भएअनुसारको सामग्री केन्द्रबाट आएको उनले जानकारी दिए ।

गुल्मीमा आईसीयू तथा अक्सिजन प्लान्ट निर्माणको काम पनि अगाडि बढेको प्रजिअ शर्माले बताइन् । केन्द्रबाट स्वास्थ्य सामग्री आएसँगै उपचारमा सहजता आउने गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले बताए ।

गुल्मीमा हाल ७८३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । हालसम्म १ हजार १२४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने ७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment