Comments Add Comment

भारतमा अभिव्यक्ति स्वतन्त्रताबारे ट्वीटरको चिन्ता

१३ जेठ, काठमाडौं । सामाजिक सञ्जाल कम्पनी ट्वीटरले ‘भारतको अभिव्यक्ति स्वतन्त्रता’बारे चिन्ता व्यक्त गरेको छ ।

भारतीय प्रहरीले आफ्नो कार्यालयमा आएर चेतावनी दिएसँगै ट्वीटरले यस्तो प्रतिक्रिया दिएको हो । ट्वीटरले भारतीय जनता पार्टीका नेता सम्बित पात्राले गरेको केही ट्वीटमा ‘म्यानुपुलेटेड मिडिया’ को ट्याग लगाएको विषयमा भारतीय प्रहरीले ट्वीटरको कार्यालयमा गई चेतावनी दिएको थियो ।

नयाँ नियमनकारी नियमसँगै अहिले ट्वीटर र भारत सरकारबीच तनाव बढिरहेको अवस्थामा ट्वीटरलाई भारतीय प्रहरीले चेतावनी दिएको हो ।

भाजपा नेता पात्राले प्रधानमन्त्री नरेन्द्र मोदीको छवि खराब पार्न विपक्षी कांग्रेस पार्टीले दस्तावेज बनाएको आरोप लगाएका थिए । । उनले उक्त दस्तावेजको स्क्रिनसट पनि शेयर गरेका थिए ।

पात्राको यो ट्वीटलाई भाजपाका धेरै नेताहरुले रिट्वीट गरेका थिए । कांग्रेसले उक्त दस्तावेजहरु सक्कली नभएको दाबी गर्दै ट्वीटरमा गुनासो गरेको थियो । उक्त गुनासोपछि पात्राको उक्त ट्वीटमा ट्वीटरले ‘म्यानुपुलेटेड मिडिया ‘अर्थात् ‘गलत वा भ्रामक तथ्य राखिएको पोस्ट’को ट्याग लगाएको थियो । कांग्रेसले पात्राविरुद्ध अदालतमा मुद्दा पनि दायर गरेको छ ।

केन्द्र सरकारले ट्वीटरसँग उक्त ट्याग हटाउन आग्रह गरेको थियो तर ट्वीटरले भने अहिलेसम्म उक्त ट्याग हटाएको छ्रैन । दिल्ली प्रहरीले भने पात्राको ट्वीटबारे आएको गुनासोको पत्र दिन मात्र ट्वीटरको कार्यालय गएको बताएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment