Comments Add Comment

इराकसँगको खेल नेपालको लागि ठूलो अवसर : कप्तान किरण

१४ जेठ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले इराकसँगको मैत्रीपूर्ण खेल नेपालका लागि ठूलो अवसर रहेको बताएका छन् । नेपालले शनिबार इराकसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ ।

बिहीबार साँझ प्रशिक्षणका क्रममा इराकी सञ्चार माध्यमसँग कुरा गर्दै नेपाली गोलकिपर किरणले यो मैत्रीपूर्ण खेललाई ठूलो अवसरको रुपमा रहेको बताए । ‘यो हाम्रो लागि ठूलो अवसर हो । यसका लागि हामी तयार छौं’ उनले भने ।

कप्तान किरणले इराकसँगको मैत्रीपूर्ण खेलले विश्वकप छनोटको खेलमा सहयोग गर्ने समेत बताए । ‘यस खेलले विश्वकप छनोटका लागि सहयोग गर्छ’ उनले भने ।

यस्तै नेपाली टोलीका सदस्य रोहित चन्दले इराकसँग मैत्रीपूर्ण खेल खेल्न पाउदा खुशी लागेको बताए । ‘हामीले उमेर समूहमा इराकसँग खेलिसकेका छौं । सिनियर टिममा आएपछि भने पहिलो पटक खेल्न लागेका हौं’ चन्दले भने, ‘उनीहरुको टिम राम्रो छ र बलियो पनि छ । आशा छ हामी राम्रो खेल्नेछौं ।’

फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोट अन्तर्गत कुवेतमा ३ खेल खेल्नुअघि मैत्रीपूर्ण खेलका लागि नेपाली टिम बुधबार इराक पुगेसकेको छ भने बिहीबार साँझ सामान्य अभ्यास समेत गरेको गरिसकेको छ ।

नेपाल र इराकबीचको खेल बास्रा अन्तर्राष्ट्रिय मैदानमा शनिबार राति नेपाली समयअनुसार १०: १५ बजे खेल सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment