Comments Add Comment

दिल्लीको लकडाउन खुकुलो बनाइँदै

१४ जेठ, काठमाडौं । भारतको दिल्लीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन खुकुलो हुने भएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार राज्यभर लगाइएको लकडाउन खुकुलो पार्दै आर्थिक गतिविधि पनि सुरु गरिने घोषणा गरेका हुन् ।

केजरीवाललले दिल्लीमा निरन्तर कोरोनाका नयाँ संक्रमितको संख्यामा कमी आइरहेको बताएका छन् । उनले दिल्लीका मानिसहरुले लकडाउनमा पालना गरेको नियमको नतिजा अहिले देखिएको बताएका हुन् ।

उनले भने, ‘हामीले एक महिनाभित्रमा कोरोनाको दोस्रो लहरलाई दिल्लीका मानिसहरुले नियन्त्रणमा लिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणदर साढे एक प्रतिशत देखिएको छ । नयाा संक्रमितको संख्या ११ सय छ । अस्पतालमा पनि बेडको अभाव छैन । सबैतिर बेड खाली छन् ।’

उनले थपे, ‘अबको समय अनलक गर्ने समय हो । हामी एकातर्फ कोरोना पनि नियन्त्रण गर्नेछौं र अर्कोतर्फ आर्थिक गतिविधि पनि सुरु गर्नेछौं । सोमबार बिहानसम्म यो लकडाउन जारी रहनेछ । निकै कठिनाइपछि कोरोना नियन्त्रणमा आएको छ । हामी बिस्तारै लकडाउन खोल्न गइरहेका छौं ।’

केजरीवालले आगामी दिनमा कोरोना संक्रमण पुनः बढेको अवस्थामा लकडाउन खोल्नुको विकल्प बाँकी नरहने बताए । दिल्लीमा गत अप्रिल १९ देखि लगाइएको लकडाउन अझै जारी छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment