Comments Add Comment

कोरोनाबाट प्रभावित करदातालाई दुई अर्ब १९ करोड कर छुट

१४ वैशाख, काठमाडौं । कोरोना महामारीबाट प्रभावित सवा ५ लाख करदाताले दुई अर्ब १९ करोड रुपैयाँ कर छुट पाएका छन् । अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण अनुसार आव २०७६/७७ मा लाग्ने आयकरमा २ अर्ब १९ करोड ६२ लाख रुपैयाँ कर छुट पाएका हुन् ।

यो कर छुटको लाभ लिने करदाताको संख्या ५ लाख २० हजार ३ सय ३९ रहेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार महामारीबाट प्रभावित सामाजिक सुरक्षा कोषमा आवद्ध प्रतिष्ठानमा कार्यरत श्रमिकको आव २०७६/७७ को अन्तिम चार महिनाको श्रमिक तथा रोजगारदाताको तर्फबाट जम्मा गर्नुपर्ने रकम १ अर्ब ३ करोड २४ लाख ६ हजार रुपैयाँ समेत नेपाल सरकारले सामाजिक सुरक्षा कोषमा भुक्तानी गरेको तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ ।

वाषिर्क २० लाखसम्मको कारोबार वा दुई लाखसम्म आय हुने करदातालाई आय वर्ष २०७६/७७ मा लाग्ने आयकरमा ७५ प्रतिशत छुटको व्यवस्था गरिएकोमा ४ लाख ४८ हजार ७ सय ५३ करदाताले रु.१ अर्ब ५२ करोड ३८ लाख कर छुट सुविधा प्राप्त गरेका छन् ।

वाषिर्क २० लाख देखि ५० लाख रुपैंयासम्मको कारोबार भएका कारोबारको आधारमा कर बुझाउने करदाता लाई आय वर्ष २०७६/७७ मा लाग्ने करमा ५० प्रतिशत आयकर छुटको व्यवस्था गरिएकोमा जम्मा २० हजार ६० करदाताले रु. २१ करोड १८ लाख कर छुट सुविधा प्राप्त गरेका छन् ।

वार्षिक १ करोडसम्मको व्यावसायिक कारोबार भएका करदातालाई आय वर्ष २०७६/७७ मा लाग्ने आयकरमा २५ प्रतिशत छुटको व्यवस्था गरिएकोमा ५१ हजार २ सय ४३ करदाताले रु. ४० करोड ४३ लाख कर छुट सुविधा प्राप्त गरेका छन् ।

होटल, ट्राभल, ट्रेकिङ, यातायात वा हवाइ सेवाको १ करोड रुपैयाँ भन्दा बढी वाषिर्क कारोबार भएका करदातालाई आय वर्ष २०७६/७७ मा लाग्ने आयकरमा २० प्रतिशत छुटको व्यवस्था गरिएकोमा २ सय ८३ करदातालाई रु. ५ करोड ६३ लाख कर छुट सुविधा प्राप्त गरेका छन् ।

२.५६ कुनै व्यक्तिले आर्थिक वर्ष २०७६/७७ मा नेपाल सरकार, प्रदेश वा स्थानीय तहले स्थापना गरेको कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउने व्यवस्था गरिएको छ ।

कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण र उपचारका लागि स्वीकृत मापदण्डअनुसारका १७ प्रकारका औषधी, स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरण पैठारी गर्दा लाग्ने सम्पूर्ण महसुल २०७७ वैशाख १५ गतेसम्म सबैका लागि र त्यसपछि २०७७ जेठ १४सम्मका लागि संघ संस्थाअनुसार छुट दिने व्यवस्था गरिएको थियो ।

कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण र उपचारका लागि स्वीकृत मापदण्डअनुसार सूचीकृत औषधि, स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरण पैठारी गर्दा लाग्ने सम्पूर्ण महसुल छुट सुविधा दिइएकोमा आर्थिक वर्ष २०७७/७८ को चैत्रसम्म सीआईएफ मूल्य रु. २ अर्ब ६ करोडको औषधी, स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरणमा लाग्ने रु. ३६ करोड ८३ लाख महसुल छुट उपलव्ध गराइएको छ ।

लघुउद्यमलाई आयकर छुटको अवधि दुई वर्ष थप गरी सात वर्ष र महिला उच्चमीद्वारा सञ्चालित लघु उद्यमलाई तीन वर्ष थप गरी १० वर्ष पुर्याइएको छ । लघु बिमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment