+
+
Shares

पहिलो त्रैमासमा झन्डै दुई लाख करदाता थप, कति पुगे कुल करदाता ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा झण्डै २ लाख करदाता थप भएका छन्।
  • असोज मसान्तसम्म स्थायी लेखा नम्बर लिने करदाताको संख्या १ लाख ७२ हजार १९५ पुगेको अर्थ मन्त्रालयले जनाएको छ।
  • सरकारले चालु आवमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ र असोजसम्म २ खर्ब ४९ अर्ब ५ करोड रुपैयाँ संकलन भएको छ।

१७ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा झन्डै २ लाख करदाता थप भएका छन् । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा असोज मसान्तसम्म स्थायी लेखा नम्बर (प्यान) लिने करदाता १ लाख ७२ हजार १९५ रहेका छन् ।

मूल्य अभिवृद्धि करमा ६ हजार ७७० र अन्तःशूल्कमा ३ हजार १२ करदाता थप भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असोजसम्म व्यवसायिक प्यान लिनेको संख्या २७ हजार ९५३ रहेको छ । व्यक्तिगत प्यान लिनेको संख्या १ लाख ४३ हजार ७४४ रहेको छ । स्रोतमा कर कट्टी गर्ने निकायले लिएको प्यान ४९८ रहेको छ ।

यससँगै कुल करदाता संख्या प्यान नम्बर लिने ७१ लाख ७१ हजार ५४५ पुगेको छ । व्यवसायिक स्थायी लेखा नम्बर लिने २० लाख ८८ हजार ७११ र व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता ५० लाख ४६ हजार ४६६ पुगेको छ ।

स्रोतमा कर कट्टी गर्ने निकायले लिएको प्यान ३६ हजार ३६८ पुगेको छ । यो अवधिसम्म मूल्य अभिवृद्धि करमा दर्ता हुने करदाता ३ लाख ५८ हजार ५०५ र अन्तःशूल्कमा दर्ता हुने करदाता १ लाख २८ हजार ९ पुगेको छ ।

यस आवमा सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ बराबर राजस्व संकलनको लक्ष्य राखेको छ । यसमध्ये असोजसम्मको लक्ष्य ३ खर्ब २१ अर्ब ५३ करोड रहेकोमा संकलन २ खर्ब ४९ अर्ब ५ करोड रुपैयाँ भएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ०.३२ प्रतिशत मात्र बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?