+
+
Shares

करदाता सेवा कार्यालय गुल्मीको राजस्वमा वृद्धि, ४३ करोड बढी संकलन

गत आर्थिक वर्षमा आय कर २३ करोड ९२ लाख, मूल्य अभिवृद्धि कर १८ करोड ४७ लाख ६३ हजार र  अन्त: शुल्क कर ७८ लाख ९६ हजार संकलन भएको करदाता सेवा कार्यालय गुल्मीका पन्थीले बताए ।

अनिल खत्री अनिल खत्री
२०८२ साउन ७ गते १९:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीमा आर्थिक वर्ष ०८१/०८२ मा करदाता सेवा कार्यालयले ४३ करोड १९ लाख ४० हजार ७५० रुपैयाँ राजस्व संकलन गरेको छ।
  • गत आर्थिक वर्षमा आयकर २३ करोड ९२ लाख र मूल्य अभिवृद्धि कर १८ करोड ४७ लाख ६३ हजार संकलन भएको करदाता सेवा कार्यालय गुल्मीले जनाएको छ।
  • करदाता सेवा कार्यालय गुल्मीले मोबाइल बैंकिङ्ग सेवा मार्फत घरमै बसेर कर बुझाउन सकिने व्यवस्था गरेको छ।

७ साउन, गुल्मी । गुल्मीमा करदाता सेवा कार्यालयबाट आर्थिक वर्ष ०८१/०८२ मा ४३ करोड १९ लाख ४० हजार ७५० राजस्व संकलन भएको छ ।

विगतका वर्षमा भन्दा गत आर्थिक वर्षमा ३ करोड बढि राजस्व संकलन भएको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख बिक्रम पन्थीले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा ३९ करोड ८५ लाख ३३ हजार राजस्व संकलन भएको थियो ।  आर्थिक वर्ष ०७९/०८० मा ३६ करोड ७२ लाख ४२ हजार राजस्व संकलन भएको थियो ।

कार्यालयका अनुसार पछिल्लो वर्षहरुमा लगातार राजस्व संकलन वृद्धि हुँदै आएको छ । गत आर्थिक वर्षमा आय कर २३ करोड ९२ लाख, मूल्य अभिवृद्धि कर १८ करोड ४७ लाख ६३ हजार र  अन्त: शुल्क कर ७८ लाख ९६ हजार संकलन भएको करदाता सेवा कार्यालय गुल्मीका पन्थीले बताए ।

आयकर र मूल्य अभिवृद्धि कर बक्यौता ३५ लाख र १ करोड १४ लाख संकलन भएको छ ।  करदाता सेवा कार्यालय गुल्मीले एक वर्षको अवधीमा १३ ठाउँमा करदाता शिक्षा प्रदान गरेको छ ।

नियमित बजार अनुगमन र आयकर संकलन गर्न छुट सुविधाको प्रयोग गराउन सचेतना लगायतका कार्यले राजस्व संकलनमा वृद्धि भएको कार्यालय जनाएको छ ।

आर्थिक वर्ष ०८०/८१ मा ६८९ दर्ता गराएका छन् भने ५७२ जनाले व्यवसाय खारेजी गरेका छन् । आर्थिक वर्ष ०७९/०८० मा ८०७ जनाले व्यवसाय दर्ता गराएको तथ्याङ्क कार्यालयमा रहेको छ ।  वर्षेनी व्यवसाय दर्ता गर्नेको संख्या घट्दै गएको छ ।

कार्यालयबाट कर सम्बन्धी सेवाप्रवाह, बजार अनुगमन, कर संकलन, खाता प्रमाणित, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन, व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा प्रवाह कार्यालयमार्फत काम भएको करदाता सेवा कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा २०७७ सालमा मात्रै करदाता सेवा कार्यालय स्थापना भएको थियो ।

त्यस यता मात्रै करको दायमा आउनेको संख्या वृद्धि हुँदै आएको छ । करदाता सेवा कार्यालयले बजार अनुगमन, वक्यौता असुली, सूचना प्रवाह जस्ता काम गरेको हुदाँ राजस्व संकलनमा वृद्धि भएको कार्यालयले जनाएको छ ।

कर बुझाउँदा घरमै बसेर मोबाइल बैंकिङ्ग सेवा मार्फत कर बुझाउन सकिने भएको छ । कर तिर्नको लागि पहिला पाल्पा जानु पर्ने बाध्यता अत्य भएसँगै घरमै बसेर कर तिर्न पाउदा नागरिकहरुलाई सहज हुने भएको स्थानीयको भनाइ छ ।

गुल्मीमा कर कार्यालय नहुँदा बेला बेलामा शिविर आयोजना गरेरै व्यवसायीको कर संकलन गर्ने गरिएको थियो । विगतमा व्यवसायीहरुलाई कर तिर्नै समस्या हुने गरेकोमा कार्यालय खुलेसँगै करको दायरा बढ्नुका साथै ब्यवसायीलाई पनि सहज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?