+
+
Shares

व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता संख्या ४९ लाख

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आन्तरिक राजस्व विभागका अनुसार आव २०८१/८२ को अन्तिमसम्म ४८ लाख ९२ हजार ८४० व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता भएका छन्।
  • सरकारले भुक्तानीमा प्यान नम्बर अनिवार्य गरेपछि स्थायी लेखा नम्बर लिनको संख्या २० लाख १२ हजार ९०८ पुगेको छ।
  • विभागले मूल्य अभिवृद्धि करमा दर्ता भएर कानून परिपालना नगरेका ९६ हजार ४८७ करदाताको दर्ता निलम्बन गरेको थियो।

९ भदौ, काठमाडौं । व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या झण्डै ४९ लाख पुगेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार आव २०८१/८२ को अन्तिमसम्म ४८ लाख ९२ हजार ८४० व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता भएको छ ।

सरकारले पछिल्लो समय भुक्तानीमा प्यान नम्बर अनिवार्य गरेसँगै स्थायी लेखा नम्बर लिनेको संख्या बढ्न थालेको हो ।

विभागका अनुसार यो अवधिमा स्थायी लेखा नम्बर लिनको संख्या भने २० लाख १२ हजार ९०८ पुगेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता करदाता ३ लाख ४५ हजार ७२७ पुगेका छन् ।

अन्त:शुल्कमा दर्ता करदाता १ लाख १९ हजार ४०२ पुगेका छन् । यस अवधिसम्म विथहोल्डर स्थायी लेखा नम्बर दर्ता संख्या भने ३५ हजार ८५३ पुगेको छ ।

यस वर्ष विभागले मूल्य अभिवृद्धि करमा दर्ता भएर कानून परिपालना नगरेका ९६ हजार ४८७ करदाताको दर्ता निलम्बन गरेको थियो ।

त्यस्ता करदाताको विवरण समेत सार्वजनिक गरिएको थियो । मूल्य अभिवृद्धि ऐन २०५२ अनुसार लगातार ६ महिनासम्म कर विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?