+
+
Shares

एमाले सुदूरपश्चिम प्रमुख सचेतक : तारा आउट, लालबहादुर इन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते १६:१५

१४ जेठ, धनगढी । नेकपा एमाले, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएका छन् ।

उनले सभामुखलाई पत्र पठाउँदै लामालाई अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले प्रमुख सचेतकको जिम्मेबारीबाट मुक्त गरिएको जानकारी दिएका हुन् । दल नेता शाहले लालबहादुर खड्कालाई प्रमुख सचेतक र दुर्गाकुमारी कामीलाई सचेतक नियुक्त गरेको सूचना पनि सभामुखलाई दिएका छन् ।

सुदूरपश्चिम प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका २५ प्रदेशसभा सदस्य छन् । कमिटीमा माधवकुमार नेपाल समूहको बहुमत छ । नेपाल पक्षमा १९ र केपी शर्मा ओली पक्षमा ७ जना छन्, जसमध्ये एक प्रदेशसभाका सभामुख छन् ।

पछिल्लो समय त्यहाँ एमालेको दुई समूहको विवादको प्रभाव देखिएको छ । हालै मात्र एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको छ भने भने संसदीय दलले सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको छ ।

यसलाई लिएर सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष र सचिवले तीन मन्त्रीलाई स्पष्टीकरण सोधेका थिए । तर उनीहरुले स्पष्टीकरण सोध्ने नेताहरुमाथि नै प्रश्न उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?