+
+
Shares

‘प्रधानमन्त्री र राष्ट्रपतिले संविधान जलाउन खोजे’

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते १६:३७

१४ जेठ, काठमाडौं । कानुनविदलहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान जलाउन खोजेको आरोप लगाएका छन् । स्कुल अफ डेमोक्रेसी नेपालले गरेको भर्चुअल बैठकमा बोल्दै कानुनका जानकारहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट जघन्य अपराध भएको टिप्पणी गरेका हुन् ।

‘प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमाथि जुन प्रकारको घात गर्नुभयो, यो राष्ट्रमाथिको सबैभन्दा ठूलो अपराध हो’ कानुनविदहरुको भनाइ थियो, ‘प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्री र राष्ट्रपति दुवैलाई छैन । सभामुखले राष्ट्रपतिलाई संसद अधिवेशन डाक्न सिफारिस गर्नुपर्छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् पूर्वसभामुख तारानाथ रानाभाट, नेपाल बार एसोसियनका पूर्वअध्यक्ष शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता मुक्तिनारायण श्रेष्ठ, मिथिलेश कुमार सिंह, अधिवक्ता  गोविन्द शर्मा बन्दी, सुनीलकुमार पोखरेल, लक्ष्मी दहाल रावललगायतले धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण स्कुल अफ डेमोक्रेसी नेपालक अध्यक्ष नैनसिंह महरले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?