+
+
Shares

रुपन्देहीका कोभिड अस्पतालमा जनमुक्ति पार्टीको निःशुल्क खाना

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते १६:५७

१४ जेठ, बुटवल । रुपन्देहीका दुई कोभिड अस्पतालमा भर्ना भएका बिरामी तथा स्वास्थ्यकर्मीहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले निःशुल्क खाना र खाजा खुवाउन शुरु गरेको छ ।

पार्टीले बुटवल धागो कारखानामा सञ्चालित कोभिड अस्पतालमा दैनिक एकसय जनालाई एकछाक खाना र भीम अस्पतालमा ५० जनालाई फलफूलसहित खाजा खुवाउन शुरु गरेको हो ।

शुक्रबारदेखि शुरु भएको अभियान एकहप्तासम्म जारी रहने कार्यक्रम संयोजक एवं पार्टीका जिल्ला उपाध्यक्ष टेकबहादुर गुरुङले बताए । ‘निषेधाज्ञाका कारण होटेलहरु र यातायात सेवा समेत बन्द हुँदा अस्पताल भर्ना भएका विरामी तथा उपचारमा खटिने डाक्टर–नर्सलाई खाना र खाजा खान समस्या भएकाले अभियान चलाइएको हो’–गुरुङले भने ।

पार्टी नेता कार्यकर्ताबाट करिब दुई लाख रुपैयाँ संकलन गरेर एक हप्ताका लागि खाना तथा खाजा अभियान सञ्चालन गरिएको जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहाले बताए ।

मंगलापुरस्थित पार्टी कार्यालयमा तयार गरी प्याकेटमा राखेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै अस्पतालमा वितरण गरिने उनले बताए ।

पार्टीका जिल्ला अध्यक्ष प्रेम थापाले सरकारी निकाय गैर जिम्मेवार बनेको अवस्थामा उपचारमा रहेका संक्रमित र स्वास्थ्यकर्मीलाई सहज र प्रोत्साहन होस् भनेर सामाजिक उत्तरदायित्व वहन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?