Comments Add Comment

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा आज रातिदेखि मौन अवधि

१४ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशमा जेठ १७ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि शुक्रबार रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र म माग्न नमिल्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले एस.एम.एस, फेसवुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने बताएको छ ।

अन्तिम नामावलीमा नाम भएका प्रदेश सभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखले आफ्नो परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् ।

राष्ट्रियसभा उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसबाट दृगनारायण पाण्डेय उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment