Comments Add Comment

पर्साको सखुवाप्रसौनी गाउँपालिकाले माग्यो खोप किन्ने अनुमति

फाइल तस्वीर

१४ जेठ, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति मागेको छ । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार जैसवालले शुक्रबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई पत्र लेखेर खोप खरिद र प्रयोग गर्न अनुमति मागेका हुन् ।

विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीबाट सुरक्षित रहने अन्तिम विकल्पकहो रुपमा खोप मात्रै देखिएको गाउँपालिकाको ठहर छ । १५ हजार डोज खोप खरिद गरेर गाउँपालिकाबासीलाई लगाउने उद्देश्यले खरिद र प्रयोगका लागि अनुमति मागिएको गाउँपालिका अध्यक्ष जैयसवालले जानकारी दिए ।

खोप खरिदका लागि अनुमति दिन र खरिद प्रक्रियाका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन पनि पत्रमार्फत गाउँपालिका अध्यक्ष जैसवालले स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेका छन् । पत्रमा अनुमति प्राप्त भएमा नेपाल सरकारले तोकेको मापदण्डभित्र रही खरिद गर्ने र सोहीबमोजिम खोप सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ ।

यसअघि वीरगञ्ज महानगरपालिकाले १ लाख डोज खोप किनेर प्रयोग गर्न अनुमति दिन माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment