Comments Add Comment

पानी चुहिएर कोरोना अस्पतालको आईसीयू कक्ष जलमग्न

१४ जेठ, बुटवल । बुटवल धागो काराखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालको आईसीयू कक्षमा पानी चुहिएर जलमग्न भएको छ ।

तीन दिनदेखिको वर्षाका कारण भवनको छानोबाट पानी चुहिँदा आइसीयू कक्ष जलमग्न भएको हो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुरानो भवनको टिनको छानोबाट चुहिएको पानी फल्स सिलिङबाट आईसीयू कक्षमा झरेको बताए ।

एउटा बेडमा पानी चुहिन थालेपछि अन्यत्र सारिएको र जम्मा भएको पानी बाल्टीमा उठाएर फ्याँक्ने गरिएको उनले बताए । वर्षा नरोकिए फल्स सिलिङ झरेर चोटपटक लाग्न सक्ने र विद्युत आपुर्ति प्रणालीमा समस्या आउन सक्ने जोखिम रहेको प्रवक्ता गौतमले बताए ।

‘आईसीयू कक्षमा गत वर्ष पनि पानी चुहिएको थियो, यो वर्ष झन् धेरै चुहियो’, डा. गौतमले भने, ‘अहिलेसम्म उपचार प्रभावित नभएपनि वर्षा रोकिएन भने विभिन्न समस्या हुन सक्छ । अस्पतालमा १३ जना संक्रमित रहेका अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment