Comments Add Comment

पत्रकारलाई पीसीआर परीक्षणमा केडिसी ल्याबले ५० प्रतिशत छुट दिने

१५ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पहलमा बसुन्धारामा रहेको केडिसी पिसिआर ल्यावले पत्रकारहरुलाई पचास प्रतिशत छुटमा पिसिआर गरिदिने भएको छ । कान्तिपुर डेन्टल कलेज परिसरमा रहेको उक्त ल्याब व्यबस्थापन र महासंघ काठमाडौं शाखा बिच उक्त सम्झौता भएको हो ।

महासंघ काठमाडौ शाखा अध्यक्ष सूर्य सुवेदीका अनुसार नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सदस्यहरु, ललितपुर शाखा सदस्यहरु, भक्तपुर शाखा सदस्यहरु, सम्पुर्ण प्रतिष्ठान शाखाका सदस्यहरु र एसोसिएट शाखा सदस्यहरुले आफ्नो परिचयपत्र देखाएर यो सुबिधा लिन सक्नेछन् ।

महामारीको समयमा आफ्नो जिवनको प्रवाह नगरि अग्र भागमा रहेर नागरिकलाई सुसूचित पत्रकारहरुले गराउँने हुदा सामाजिक दाहित्व अनुसार यो छुटको व्यबस्था गरेको ल्याव प्रशासन प्रमुख अनिल सापकोटाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment