Comments Add Comment

सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा, निजीलाई प्रोत्साहन

१५ जेठ, काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुलाई १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सरकारले यो घोषणा गरेको हो ।

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारले ‘पर्यटन काज’को यो नीति ल्याएको बताए ।

‘आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकम सहित पर्यटन काज उपलब्ध गराइने छ,’ मन्त्री पौडेलले भने । उनले निजी क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने बताए ।

यसअघि कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रको उत्थान गर्न तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले सातामा दुई दिन सार्वजनिक विदा दिने प्रस्ताव गरेका थिए । तर, यो विदाको दुरुपयोग हुनसक्ने भन्दै आलोचना भएपछि सरकारले निर्णय गरेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment