+
+
Shares

काठमाडौंका उद्योगलाई मकवानपुरमा सारे थप सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १५ गते १७:२८

१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यका सञ्चालित उद्योग मकवानपुरको मयुरधापमा बन्दै गरेको औद्योगिक क्षेत्रमा सार्न प्रोत्साहन गर्ने भएको छ । काठमाडौं उपत्यकाका उद्योगलाई मयुधापमा सारेमा ५ वर्षसम्म विद्युत डिमान्ड शुल्कमा ५ प्रतिशत छुट दिने घोषणा आगामी वर्षको लागि अध्यादशमार्फत ल्याइएको बजेटमा गरिएको छ ।

त्यसै गरी सरकारले सवारी उत्पादन तथा एसेम्बल गर्ने प्लान्ट स्थापना गर्न विश्वका टप १० ब्रान्डका उद्योगलाई आकर्षित गर्ने नीति घोषणा गरेको छ ।

रोजगारी समेत प्रवर्द्धन गर्ने गरी त्यस्ता उद्योगलाई सरकारले कर सहुलियत र आवश्यक जग्गा दिने घोषाणा आगामी आर्थिक वर्षको लागि आएको बजेटमा उल्लेख छ । बजेटमा काभ्रेमा विशेष आर्थिक क्षेत्र बनाउने घोषणा बनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?