+
+
Shares

तीनवटा भन्सार कार्यालय थप, ठूला भन्सार कार्यालयमा अत्याधुनिक स्क्यानिङ मेसिन राखिने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १५ गते १९:२१

१५ जेठ, काठमाडौं । सरकारले सात प्रमुख भन्सार कार्यालयमा अत्याधुनिक कन्टेनर स्क्यानिङ र मालवस्तु तौलिने उपकरण जडान गर्ने भएको छ । आर्थिक २०७८/७९ को वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले मेची, विराटनगर, तातोपानी, वीरगन्ज, भैरहवा, नेपालगञ्ज र तातोपानी भन्सारमा स्क्यानर मेसिन जडान गरिने बताए ।

यस्तै आगामी आर्थिक वर्षमा थप तीनवटा भन्सार कार्यालय  स्थापना गर्ने पनि उनले जानकारी दिए । गौतमबुद्ध  र पोखरा विमानस्थल तथा जनकपुर रेलवे स्टेसनमा नयाँ भन्सार कार्यालय स्थापना गरिने भएको छ ।

भन्सार परीक्षण थप विश्वसिलो बनाउन प्राथमिकताका आधारमा भन्सार कार्यालयमा एकीकृत प्रयोगशाला बनाउने पनि बजेटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?