+
+

एनकाले जित्यो क्रिकेट अष्ट्रेलिया नेशनल कम्युनिटी अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १६ गते ८:४७

एडिलेट / साउथ अष्ट्रेलियाया रहेको एडिलेड नेप्लिज क्रिकेट एशोसिएसन (एनका)ले क्रिकेट अष्ट्रेलिया नेशनल कम्युनिट क्रिकेट अवार्ड २०२०-२१ जितेको छ ।

जुनियर क्रिकेट इनोभेटिभ कम्युनिटी अवार्डअन्तर्गत रहेको सो अवार्ड जुनियर क्रिकेटको क्षेत्रमा विशेष कार्य गर्ने संस्थाहरुलाई दिदै आएको अष्ट्रेलियाको राष्ट्रिय अवार्ड हो ।

अष्ट्रेलियामा रहेका सबै राज्य बाट छनौट भएर आएका मध्ये एनका र एनएसडब्लुको गोलवन डिस्ट्रिक जुनियर क्रिकेट एशोसिएसन फाइनलका लागि छनौट भएका थिए ।

एनकाले गोलवन डिस्ट्रिकलाई पछाडि पार्दै राष्ट्रियस्तरको अवार्ड हात पार्न सफल भएको अध्यक्ष विजय जोशीले बताए ।

साउथ अष्ट्रेलियन क्रिकेट एशोसिएसनले साउथ अस्ट्रेलियामा रहेर जुनियर क्रिकेट क्षेत्रमा काम गरिरहेका संस्थाहरु मध्येबाट एडिलेड नेप्लिज क्रिकेट एशोसिएसनलाई छनौट गरी क्रिकेट अष्ट्रेलियामा पठाएको थियो ।

जोशीकाअनुसार सन् २०२०-२१ का लागि एडिलेड नेप्लिज क्रिकेट एशोसिएसनले साउथ अष्ट्रेलियन क्रिकेट एसोसियसन कम्युनिटी अवार्डसमेत जित्न सफल भएको छ।

एडिलेड नेप्लिज क्रिकेट एशोसिएसन (एनका) स्थापनाकालको सुरुआती दिनहरुमा युवाहरु लक्षित क्रिकेट कार्यक्रमहरु संचालन गर्दै आएको थियो ।

कुशल व्यवस्थापनका कारण छोटो समयमा सफलता प्राप्त गर्दै गएको यस एशोसिएसनले आफ्नो दायरालाई फराकिलो गर्दै महिला र बालबालिकाहरु लक्षित कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ ।

अष्ट्रेलियामा रहेका धेरै समुदायका क्रिकेट संस्थाहरुमा आफूलाई अग्रपंक्तिमा उभ्याएर एनकाले क्रिकेट अष्ट्रेलियाको मन जित्नसमेत सफल भएको छ ।

साउथ अष्ट्रेलियाको प्रिमियर अफिसका लागि सहायकमन्त्री जिंग ली यस एशोसिएसनको दूत रहेकी छन् भने अस्ट्रेलियन पाराल्याम्पिक खेलाडी कट्रिना वेब्ब सल्लाहकार रहेकी छन् ।

सन् २०१५ देखि बालबालिकाहरु लक्षित क्रिकेट कार्यक्रमहरु संचालन गर्दै आएको छ । हरेक सत्रमा जुनियर क्रिकेट ब्लास्ट कार्यक्रम संचल गर्दै आएको हो ।

बालबालिकाहरुको क्रिकेट क्षेत्रमा रुचि बढ्दै गएको हुँदा एनकाले गएको सत्रदेखि अन्डर-१० एनका जेम्स टिमसमेत निर्माण गरेको छ।

एनका जेम्स टिमले साउथ सेन्ट्रल जुनियर क्रिकेट एशोसिएसन अन्डर-१० टुर्नामेन्ट खेल्दै आएको छ । गएको सत्रमा १३ लिग खेलमा एनका जेम्सले १० खेलमा जित हात पारेका थिए ।

एनका अध्यक्ष विजय जोशीले अस्ट्रेलियाको राष्ट्रिय टिममा एक दिन यिनै जेम्सहरु पुग्ने बताए । जुनियर बलास्टर, मास्टर बलास्टर, अन्डर १०-१२-१४-१६-१९ हुँदै प्रिमियर, स्टेट हुँदै एक दिन अस्ट्रेलियाको राष्ट्रिय टिमसम्म पुग्ने आशा राखेका छन् ।

जोशीका अनुसार एनका जेम्समा नेपाली समुदायसँगै अन्य समुदायबाट समेत बालबालिकाहरु रहेका छन् ।

राष्ट्रिय र राज्यका महत्वपूर्ण अवार्डहरु जित्दै गर्दा यसले खुशीसँगै जिम्मेवारीसमेत बढेको अध्यक्ष जोशी बताउँछन् ।

जोशीले एनकाको खेलकुद यात्रामा साथ दिने नेपाली समुदाय र सम्पूर्ण सहयोगीहरुलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।

साउथ अस्ट्रेलियाको समाजमा क्रिकेटमा प्रगति गरेकोमा एन्का टिमलाई यहाँ स्थित व्यक्ति तथा संस्थाहरुले बधाई ज्ञापन गरेका छन् ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष नवीन पन्तले यो टिमले भविष्यमा निक्कै प्रगति गर्ने विश्वास व्यक्त गरे ।

साउथ अस्ट्रेलियाका लागि नेपाली कन्सुलेट दीपक धमालाले उक्त टिमको आगामी यात्राको लागि शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?