+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

लासिमीत राई : एक अब्बल गायिका जसले आफुलार्ई सार्वजनिक गर्न चाहिनन्

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १६ गते ११:२८

गायिका लासिमित राईको निधन भएको छ । थुप्रै चलचित्र तथा आधुनिक गीतमा स्वर दिएकी गायिका राईको कोरोना संक्रमणका कारण निधन भएको हो । कोरोना संक्रमण भएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना भएकी ५३ वर्षीया राईको शुक्रबार निधन भएको हो । शुक्रबार नै नेपाली सेनाको टोलीबाट उनको अन्त्येष्टि गरिएको जनाईएको छ ।

भारतको राङ्गु जल्पाईगुडीमा जन्मिएकी राई तीन दशकदेखि नेपाली गीतसंगीतमा सक्रिय थिइन् । ललितपुर सातदोबाटोमा बस्दै आएकी उनले गतवर्ष मात्रै श्रीमान गुमाएकी थिइन् । निःसन्तान उनी श्रीमानको निधनपछि मानसिक रुपमा कमजोर थिइन् ।

त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा एमए गरेकी राईले जाउलाखोलमा रहेको युनाइटेड एकेडेमीमा नेपाली साहित्य अध्यापन गराउँदै आएकी थिइन् । ‘गाउँले’मा समावेश ‘मायालुको मुहारै हँसिलो’, ‘लेखान्त’को ‘संगसंगै बाँच्न पाउँ, संगसंगै मर्न पाउँ’, ‘परदेशी कान्छा’मा समावेश ‘मरि गए मुरी माटो बाँचे सगरमाथा’, ‘माझी दाई’को ‘आज मैले राम नामै जपेँ’ ईत्यादी उनका चलचित्रका रुचाईएका गीतहरु हुन् । त्यस्तै आधुनिकतर्फ ‘सुनकोशीको सुनको पानी’, ‘सम्झनाले’, ‘लाग्यो कि गोली’, ‘घामले पनि पोल्छ’, ‘चुलबुले मन’, ‘किन तिमी टाढा भयौं’ ईत्यादी रुचाईएका गीत हुन् ।

गायिका राई नेपाली गीतसंगीत क्षेत्रमा फरक गुण भएकी गायिकाका रुपमा परिचित थिइन् । ‘उहाँले पाँच दर्जन बढी गीतमा स्वर दिनुभएको छ । तर, उहाँ बिल्कुलै फरक स्वभावकी गायिका हुनुहुन्थ्यो’ संगीतकार टिका भण्डारी भन्छन्, ‘कसैसँग अफर नमाग्ने, कसैले गाउन आग्रह गर्यो भने पनि छनोट गरेर मात्र गाउनुहुन्थ्यो । चर्चामा आउन पनि कहिल्यै नचाहने स्वभाव थियो उहाँको ।’ गायिका राईको निधनले एकदमै दुःख लागेको संगीतकार भण्डारीले बताए ।

गायक शम्भु राईका अनुसार उनले बढी मात्रामा ओझिला गीतहरु गाउँथिन् । ‘उहाँ धेरै राम्रो गायिका हुनुहुन्थ्यो । तर, निधनको खबरले एकदमै दुःख लागेको छ’ उनले भने । शम्भुले चलचित्र ‘माझी दाई’, एल्बम ‘श्रम र सिर्जना’का गीतहरुमा सहकार्य गरेको बताए ।

गायिका राईको निधनमा अन्य थुप्रै कलाकारहरुले पनि दुःख व्यक्त गरेका छन् । गायक राजेशपायल राईले सामाजिक सञ्जाल फेसबुकमा ऋद्धाञ्जली दिँदै आफू मर्माहत भएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?