Comments Add Comment

भारतमा थप १ लाख ६५ हजार जनामा कोरोना संक्रमण

१६ जेठ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का थप १ लाख ६५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। भारतको लागि यो ४६ दिनयताकै कम दैनिक नयाँ संक्रमितको संख्या हो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा कोरोना संक्रमणको कारण ३ हजार ४६० जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ७८ लाख ९४ हजार नाघेको छ । अहिलेसम्म संक्रमणको कारण ३ लाख २५ हजार ९७२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा धेरै ३० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने केरलामा नयाँ संक्रमितको संख्या २३ हजारभन्दा धेरै छ । त्यस्तै कर्नाटक र महाराष्ट्रमा पनि २० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २१ लाख १४ हजारमा झरेको छ । भारतमा अहिलेसम्म २१ करोड २० लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई दिइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment