Comments Add Comment

तिनजुरे, मिल्के र जलजले क्षेत्रमा ढकमक्क फुल्‍यो लालीगुराँस

१६ जेठ, तेह्रथुम । तेह्रथुमको तिनजुरे, मिल्के र जलजल क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेको छ ।

गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छ ।

पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यटनको प्रवेशद्वार मानिन्छन् ।

यो नगरपालिकाको पूर्व सिमाना पिङगुवा खोलाले छुट्टयाएको छ भने पश्चिम सिमाना धनकुटा जिल्लाको पानी ढलो डाँडाले छुट्टयाएको छ ।

त्यस्तै उत्तरी सिमाना सङ्खुवासभा–तेह्रथुमको सानो खोच तथा पानी ढलो डाँडाले छुट्टयाएको छ ।

यसरी यस नगरपालिकाको पूर्वतर्फ म्याङ्लुङ् नगरपालिका, पश्चिम तर्फ धनकुटा संखुवासभा जिल्ला, उत्तर तर्फ संखुवासभा जिल्ला र दक्षिणतर्फ छथर गाउँपालिका पर्दछन् ।

यस नगरपालिका ९ वटा वडामा विभाजित छन् । यस क्षेत्रको हावापानीमा विविधता छ जसमा उचाई अनुसार उपोष्ण मौसम जलवायु, न्यानो समशितोष्ण जलवायु र ठण्डा समशितोष्ण जलवायु पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment