Comments Add Comment

शे-फोक्सुण्डो निकुञ्जका चार हिउँ चितुवामा जीपीएस कलार जडान

१६ जेठ, काठमाडौं । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका चारवटा हिउँ चितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको छ । वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार ती हिउँ चितुवामा जीपीएस कलार जडान गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र डब्लूडब्लूएफ नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा २०७६÷७७ मा दुईवटा र यही जेठ २ गतेदेखि सञ्चालित अनुसन्धानमा दुईवटा हिउँ चितुवामा जीपीएस कलार जडान गरेको निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिएका छन् ।

स्याटेलाइटबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको माध्यमबाट कलार जडान गरिएका हिउँ चितुवाको विचरणबारे अध्ययन गरिएको उनले बताए । यसबाट उनीहरुले बासस्थानमा गरेको विचरण, पार गरेको दूरी, आनीबानी, व्यवहार लगायतका विषयमा जीपीएस कलारले १८ महिनासम्मको तथ्यांक दिने र त्यसबाट संरक्षणको रणनीति तथा योजना तर्जुमा गर्न सहयोग पुग्ने निकुञ्जले बताएको छ ।

हिउँ चितुवामा जडान गरिएका कलार जर्मनीको कम्पनीले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment