Comments Add Comment

सम्बन्ध सुधारको दिशामा कतार र युएई

१६ जेठ, काठमाडौं । कतारका विदेशमन्त्रीले संयुक्त अरब इमिरेट्ससँग मतभेद कम गर्ने विषयमा सकारात्मक माहोल सिर्जना भएको बताएका छन् । कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जासिम अल थानीले धेरै चरणमा भएको वार्तापछि यस किसिमको माहोल सिर्जना भएको बताएका छन् ।

अरब मुलुकहरुबीच आपसी विवादको अन्त्य गर्ने विषयमा भएको सम्झौतापछि युएईसँग कतारको वार्ता चलिरहेको छ । सन् २०१७ मा साउदी अरेबिया, युएई, बहराइन र इजिप्टले आफ्नो कतारसँगको सबै सम्बन्ध अन्त्य भएको घोषणा गर्दै प्रतिबन्धको निर्णय गरेका थिए । कतारले इस्लामिक चरमपन्थलाई प्रश्रय दिएको उनीहरुको आरोप थियो । कतारले भने यी सबै आरोप अस्वीकार गरेको थियो ।

गत जनवरीमा साउदी अरेबियाले उक्त विवाद समाधानका लागि एक सम्झौताको घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अहिले साउदी अरेबिया र इजिप्ट कतारसँगको सम्बन्ध सुधारमा तुलनात्मक रुपमा युएई र बहराइनभन्दा अगाडि देखिएका छन् ।

कतारका विदेशमन्त्रीले उनले फरक–फरक मुलुकसँग वार्ता चलिरहेको बताए । उनले साउदी अरेबिया र इजिप्टसँग आर्थिक सहयोगको विषयमा वार्ता चलिरहेको बताए । उनले भने, ‘युएईसँग धेरै चरणमा वार्ता भएको छ र हामीले मतभेद हटाउन सकारात्मक माहोल बनिरहेको महसुस गरेका छौं । कठिन यात्राको अन्त्य गर्न केही समय लाग्न सक्छ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment